काँग्रेसले थप्यो सूचना विभागमा सदस्य

नेपाली काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्यहरु थपिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहेको विभागमा आज १० जनालाई सदस्यमा मनोनयन गर्नुभएको छ ।
उहाँले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम ताप्लेजुङका उज्जवल पौडेल, महोत्तरीका प्रेमचन्द्र राय, ललितपुरकी विजया श्रेष्ठ केसी, बाँकेका प्रा.मोहनजंग शाह, कास्कीका डा.निरञ्जन कोइराला, बर्दियाका कुमार लामिछाने, सुर्खेतकी रमा केसी, कैलालीका प्रेमलाल चौधरी, बाजुराका शेरबहादुर सार्की र कञ्चनपुरका दिलिप कार्कीलाई सदस्य तोक्नुभएको हो ।
टिप्पणीहरू