प्रधानमन्त्रीले बोल्ने र मोदी जाने एकै दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनमा भाग लिने कार्यक्रम तय भएको छ । चैत २० देखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा हुने शिखर सम्मेलनमा सहभागी हुन उहाँ चैत १९ गते त्यसतर्फ जानुहुने छ ।
सम्मेलनलाई प्रधानमन्त्री ओलीले २२ गते सम्बोधन गर्नुहुने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भुटान,बंगलादेश, म्यानमार,श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको पनि सहभागिता रहने छ । सोही क्रममा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्रीसँग साइडलाइन भेटवार्ताका लागि तयारी थालिएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
मोदी सम्मेलनको अन्तिम दिन २२ गते बैंककबाट श्रीलंकाको राजकीय भ्रमणका लागि कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू