धरानदेखि धादिङसम्म एसबिआई बैंकको ‘ग्लोबल मनि वीक’

धरानदेखि धादिङसम्म एसबिआई बैंकको ‘ग्लोबल मनि वीक’
सुन्नुहोस्

नेपाल एसबिआई बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मुद्रा सप्ताह, २०२५ को अवसरमा बैंकले देशभर वित्तिय साक्षरता कार्यक्रम गरेको हो । ‘पछ्याउनुअघि सोच्नुहोस्, भोलि बुद्धिमानी पैसा’ भन्ने नारासहित गत चैत ४ गतेदेखि शुरु गरिएको कार्यक्रम सम्पन्न भएको छ । 

सातै प्रदेशमा आयोजना गरिएको कार्यक्रममा स्कुल तथा कलेजका विद्यार्थीलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ्ग, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ्ग तथा वित्तीय अवधारणालगायत विभिन्न विषयमा जानकारी गराइएको बैंकले जनाएको छ । 

जसअनुसार कोशी प्रदेशको धरान, विराटनगर, धर्मदेवी, बेल्टार, लिम्चुङबुङ, बरगाछी, चन्द्रनिगाहपुर, दमकलगायत विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरियो । त्यस्तै, मधेसको जनकपुर, हरिवान र सिमरा, बागमतीको दरबारमार्ग, न्यूरोड, रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौंडामा कार्यक्रम गरिएको थियो ।

टिप्पणीहरू