आगलागीमा फसेकाको उद्धारमा हेलिकप्टर

आगलागीमा फसेकाको उद्धारमा हेलिकप्टर
सुन्नुहोस्

सुनसरीको इटहरीस्थित सेन्टर प्लाजाको आगलागीमा फसेका मानिसको उद्धार गर्न काठमाडौँबाट हेलिकोप्टर पठाइएको छ । 

गृहमन्त्री रमेश लेखकको सचिवालयले फेसबुकमार्फत् त्यहाँ हेलिकोप्टर पठाएको जानकारी दिएको हो । उक्त व्यापारिक भवनमा सल्किएको आगो निभाउन अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । 

भवनको पाँचौ तलामा रहेका ६ जनाको उद्धार भइसकेको र त्यसभन्दा माथिका तलामा रहेका मानिसहरुको उद्धार कार्य जारी छ । आगलागीको कारणबारे अझैसम्म केही खुलेको छैन । 

सेन्टर प्लाजामा यो दोश्रो पटक आगो लागेको हो । ०७५ सालमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको उक्त भवनमा एक वर्षपछि विद्युत सर्ट भएर आगलागी भएको थियो । 

त्यतिबेला चाँडै आगो नियन्त्रणमा लिन सफल हुँदा ठूलो क्षति भएको थिएन । उक्त भवनका मालिक एमालेनिकट एक व्यवसायी हुन् ।
 

टिप्पणीहरू