सिन्दूरेजात्रा : भक्तपुरमा आज, नुवाकोटमा हिजो

सिन्दूरेजात्रा : भक्तपुरमा आज, नुवाकोटमा हिजो

भक्तपुरमा यो वर्षको सिन्दूरेजात्रा मनाइएको छ । हरेक नयाँ वर्षको प्रारम्भमा भक्तपुरको मध्यपुर थिमीमा सिन्दूरे जात्रा मनाइन्छ । अघिल्लो वर्षको अन्तिम दिन शुरु हुने बिस्केट जात्रापछि स्थानीय बालकुमारी मन्दिरमा भक्तपुरका सबै खट ल्याएपछि सिन्दूरेजात्रा मनाउने प्रचलन छ । 

आजै दिउँसो भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइँदै छ । स्थानीय सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेड्दै छन् ।

उता नुवाकोटको भैरवी मन्दिर क्षेत्रमा पनि सिन्दुरेजात्रा मनाइएको छ । ऐतिहासिक साततले दरबार क्षेत्रको सिन्दूरे जात्रा हिजो मनाइएको हो ।

भक्तपुरको सिन्दूरेजात्राका तस्बिरहरु


 

टिप्पणीहरू