एनआईसी एसिया बैंकले ‘आइफोन १६’ बाँड्दै

एनआईसी एसिया बैंकले ‘आइफोन १६’ बाँड्दै

एनआईसी एसिया बैंकले नयाँ वर्ष २०८२ मा आकर्षक योजना ल्याएको छ । ‘नयाँ वर्षको नयाँ शुरुवात, जित्नुहोस् आइफोन १६’ योजना अघि सारेको छ । 

मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकका निम्ति उक्त योजना ल्याएको बैंकले जनाएको छ । 

बैंकका अनुसार यो योजनमा सहभागी हुने ग्राहकले आइफोन १६ जित्न सक्नेछन् । त्यसका लागि बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एकसय वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । 

योजना आगामी वैशाख ३१ गतेसम्म लागू हुनेछ । योजनामा सहभागी हुने ग्राहकमध्ये गोलाप्रथाद्वारा एकजना विजेताको घोषणा गरी आइफोन १६ प्रदान गरिने बैंकले जनाएको छ ।

टिप्पणीहरू