प्रधानमन्त्रीलाई उठेदेखि नै भ्याइनभ्याई

प्रधानमन्त्रीलाई उठेदेखि नै भ्याइनभ्याई

प्रधानमन्त्री केपी शर्मा ओली बिहान १० बजेदेखि औपचारिक भेटघाटमा सहभागी हुनुहुने भएको छ । अनौपचारिक कुराकानीमा भने बिहानैदेखि सहभागी हुनुहुन्छ । 

बालुवाटारमा बिहान १० बजे पूर्वी रुकुमको सदरमुकामबारे छलफल गरिँदैछ । जिल्लाका खेममान खड्कासहितको टोलीसँग प्रधानमन्त्रीेले बालुवाटारको नयाँ सचिवालयमा बिहान १० बजे कुराकानी गर्ने बुझिएको छ ।

त्यसपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पर्यटनमन्त्रीसँग भेट गर्दै हुनुहुन्छ । पर्यटन मन्त्रालयका अनुसार प्रधानमन्त्रीलाई आगामी बुद्ध जयन्तीमा आयोजना गरिने कार्यक्रमका लागि निमन्त्रणा गर्न लागिएको छ ।

साँझ ६ बजेपछि बालुवाटारमा पहिले स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलगायतसँग कुराकानी गरेपछि  ७ बजे अखिल नेपाल महिला संघका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
 

टिप्पणीहरू