बागमतीको भाषा स्मारिकालाई लेख-रचना माग
बागमती प्रदेश सरकारले ‘प्रदेश भाषा स्मारिका’ प्रकाशन गर्ने भएको छ । आउँदो वैशाख २४ गते ‘प्रदेश भाषा दिवस, २०८२’ को अवसर पारेर संस्कृतिक तथा पर्यटन मन्त्रालयले स्मारिका ल्याउन लागेको हो ।
मन्त्रालयले आज सूचना जारी गर्दै स्मारिकामा समावेश गर्नका निम्ति नेपाली, तामाङ्ग वा नेपाल भाषामध्ये कुनै एक भाषामा लेखेको लेख–रचना पठाउन इच्छुक व्यक्तिहरुलाई आह्वान गरेको छ ।
‘आगामी वैशाख २४ गते हुने प्रदेश भाषा दिवस, २०८२ को अवसरमा भाषा, कला, साहित्य, इतिहास, मौलिम संस्कृति, परम्परा आदिसम्बन्धी खोज, अनुसन्धानात्मक एवं विश्लेषणात्मक लेख–रचना समावेश गरी यस मन्त्रालयबाट ‘प्रदेश भाषा स्मारिका, २०८२’ प्रकाशन गर्न लागिएको हुँदा उक्त स्मारिकामा समावेश गर्नका लागि नेपाली, तामाङ, नेपाल भाषामध्ये कुनै एक भाषामा आफूले लेखेको लेख–रचना मिति २०८२ वैशाख १२ गतेभित्र पठाउन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
यसरी प्राप्त हुने लेख–रचना प्रकाशित भएपश्चात् नियमानुसार पारिश्रमिक उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू