राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गर्नुभएको छ । हिजो बसेको क्याविनेट बैठकले अधिवेशन बोलाउन गरेको सिफारिसअनुसार राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त अधिवेशन डाक्नुभएको हो । 

संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

वर्षे अधिवेशन भनिने संसद्को यो अधिवेशनलाई बजेट अधिवेशनका रुपमा लिने गरिन्छ । यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट संसदका दुवै सदनले पारित गर्छन् ।

टिप्पणीहरू