बिरामीबाट तङ्ग्रिएका ब्राजिलियन फुटबलर कार्लोस नेपालमा

बिरामीबाट तङ्ग्रिएका ब्राजिलियन फुटबलर कार्लोस नेपालमा

ब्राजिलियन फुटबलका विश्वप्रख्यात खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । उनी बिहान फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा सवा ८ बजे आइपुगेका हुन् ।

तीन सदस्यीय टोलीसङ्ग आएका रोबर्टो दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) मा अतिथिका रूपमा सहभागी हुँदैछन् । आजै साँझ उनी ठमेलस्थित एलओडी क्लबमा आयोजित विशेष कार्यक्रममा पुग्ने बुझिएको छ ।

उनी गत शुक्रबार आउने कार्यक्रम थियो । तर,अचानक बिरामी परेकाले पाँच दिनपछि बल्ल आइपुगेका हुन् । उनी विश्व फुटबलका उत्कृष्ट डिफेन्डरको रुपमा परिचित छन् । कार्लोसले सन् १९९२ मा ब्राजिलको सिनियर टिममा डेब्यु गरेका थिए ।

टिप्पणीहरू