शिक्षक नआए पनि परीक्षा सञ्चालन
तीन सातादेखि आन्दोलनमा रहेका शिक्षकहरुले सडक नछोड्ने अडान लिएपछि राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारीलाई खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । आज बिहान बसेको बोर्ड बैठकले शिक्षक सहभागी नभएमा निजामती कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी,मुलुकभर जिल्ला परीक्षा समन्वय समितिको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय भएको जनाइएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन् । उनीहरु आन्दोलनमा आएपछि सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ ।
परीक्षा नसार्ने र निजामती कर्मचारी खटाएर तोकिएकै मितिदेखि परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णयप्रति सकारात्मक टिप्पणी भइरहेको छ । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुँदैछ ।
उनीहरुले कक्षा १० को उत्तरपुस्तिका नजाँच्ने र कक्षा १२ को परीक्षा नलिने घोषणा गरेपछि बोर्डले विकल्प खोजेको हो । परीक्षा नसार्ने र निजामती कर्मचारी खटाएर तोकिएकै मितिदेखि परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णयप्रति सकारात्मक टिप्पणी भइरहेको छ । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुँदैछ ।
टिप्पणीहरू