सबै श्रेणीहरू

काठमाडौंमा मरणासन्न हुनेगरी रड प्रहार गरेकाहरु हेटौंडामा समातिए

काठमाडौंमा मरणासन्न हुनेगरी रड प्रहार गरेकाहरु हेटौंडामा समातिए

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवालाई आक्रमण गरेको आरोपमा दुई जना समातिएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, घर भई हाल काठमाडौं महानगरपालिका–६, बस्दै आएकी ३५ वर्षीया शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र भक्तपुरको चाँगुनारायण नगरपालिका–८, का ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाललाई प्रहरीले पक्रेको छ । 

गत वैशाख ३ गते बेलुका साढे ५ बजेतिर गोठाटारको पहेँलो पुलनजिकैको मन्दिरअगाडि वाइवामाथि रड प्रहार भएको थियो । उनीहरुले ज्यान मार्ने उद्देश्यले रड प्रहार गरी घाइते पारेको आरोप छ । घटनामा संलग्न दुवै जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज प्रहरी वृत्त बानेश्वरमा थप अनुसन्धानका निम्ति पठाएको छ ।