ससुराली गाउँ,अमेरिकी उपराष्ट्रपतिले फोटो खिच्ने ठाउँ

अमेरिकी उपराष्ट्रपति जेडी भेन्स भारत भ्रमणमा छन् । उनी ‘एक पन्थ,दो काज’ को शैलीमा भारत आइपुगेका हुन् ।
भारतीय मूलकी श्रीमती उषाबाला चिलुकिरी र तीन छोराछोरीसँगै अस्ति नयाँ दिल्ली ओर्लेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्तापछि पारिवारिक घुमफिरमा छन् । यसक्रममा हिजो ताजमहल पुगेर पारिवारिक फोटो खिचिसकेका छन् ।
३९ वर्षीया श्रीमती भेन्सले अमेरिकाको माउण्ट कार्मेल माध्यमिक विद्यालयबाट माध्यमिक तह पूरा गरेपछि याले विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । स्नातकपछि केही समय अंग्रेजी र अमेरिकी इतिहास शिक्षकको रुपमा चीनको क्वाङ्चौस्थित सनयात्सेन विश्वविद्यालयमा पढाइन् ।
टिप्पणीहरू