विमान उडाउँदै भुटान पुगे थाइ राजारानी
थाइल्याण्डका राजा र रानी हिजोदेखि भुटानको राजकीय भ्रमणमा छन् । चार दिने भ्रमणका लागि राजा महाबजिरलोङकोर्न र रानी सुथिदा दुबै जना शाही विमान उडाउँदै बैंककबाट हिजो पारो विमानस्थलमा ओर्लिएको बताइन्छ ।
राजा महाबिजरलोङकन सैनिक तथा नागरिक उडानका तालिमप्राप्त पाइलट र रानी सुथिदा को-पाइलट हुन् । हिजोको उडानमा उनीहरु दुबै जना विमानको ककपिटमा क्याप्टेन र को–पाइलटको सिटमा बसेका थिए ।
तस्बिरहरु :




टिप्पणीहरू