सरकार ढल्छ भन्नेहरु नै गल्न थाले : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार तत्काल ढल्ने भन्नेहरु नै गल्न थालेको बताउनुभएको छ । उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु हिजोदेखि मौन देखिएको उल्लेख गर्नुभयो ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अप्रत्यक्ष रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै भन्नुभयो, ‘सरकार बाङ्गिएकाले शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले भ्रम फिँजाउनेका पछाडि नलाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि उनीहरु गलेका छन् ।’
टिप्पणीहरू