सिके र रेशमको एकता डेढ लाखमा अड्कियो
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।
आज ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकता घोषणा सभा रखिएको थियो । तर, प्रतिष्ठानले हल बुकिङ नभएको भन्दै मूल ढोकामा ताला लगाएपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको हो ।
बताइएअनुसार हल बुकिङको जिम्मेवारी नाउपाको थियो । तर, उसका तर्फबाट अहिलेसम्म कुनै पत्र तथा खबर नआएको प्रतिष्ठान स्रोतले जानकारी दियो ।

एकता घोषणा कार्यक्रमको लागि पुगेका दुवै पार्टीका नेता-कार्यकर्ता अहिले प्रतिष्ठानको प्राङ्गढमा रोकिएका छन् । बुकिङको लागि सम्बन्धित पक्ष सम्पर्कमा नआएसम्म ढोका नखोलिने प्रतिष्ठानको अडान छ ।
‘खासमा २४ घण्टाअघि नै बुकिङ गर्नुपर्ने हो, तर अहिलेसम्म कुनै पत्र आएको छैन’, प्रतिष्ठान स्रोत भन्छ, ‘६ घण्टाको एक लाख ५० हजार र १० घण्टाको एक लाख ८० हजार हो, त्यो पेमेन्ट गरेर आउनुभयो बल्ल ढोका खुल्छ ।’
तस्बिरहरु





टिप्पणीहरू