एकीकृत समाजवादीका नेताहरु बालुवाटार जाँदै
नेकपा एकीकृत समाजवादी पार्टीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पुगेर ज्ञापनपत्र बुझाउने तयारी छ ।
पार्टी केन्द्रीय प्रचार विभागका अनुसार अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरु ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी हुनेछन् । दिँउसो २ बजे आलोकनगरस्थित पार्टी मुख्यालयमा जम्मा हुने र ३ बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ ।
पार्टीले ज्ञापनपत्र पनि गत चैत १ गतेदेखि ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ शुरु गरेको आन्दोलनअन्तर्गतकै कार्यक्रम रहेको जनाएको छ ।
टिप्पणीहरू