माओवादी नेताहरु खुमलटारमा जुट्दै
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा दिउँसो १ बजे बस्नेगरी बैठक डाकेको बताइएको छ ।
बैठकमा तराई–मधेस हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब हुने अभियान र समसामायिक राजनीतिबारे छलफल गरिने जनाइएको छ ।
गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार फागुन १२ गते देशकै होचो स्थान झापाको कचनकवलबाट शुरु भएको अभियान वैशाख १७ गते कन्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भइसकेको छ ।
अभियान पूर्णरुपमा सफल भएको माओवादीको दाबी छ ।
टिप्पणीहरू