मन्त्री विद्याको राजीनामाबारे प्रधानमन्त्रीको दावी
एमालेको हिजो सम्पन्न सचिवालय बैठकमा नेताहरुबीच दह्रो घोचपेच भएको छ । राष्ट्रपतिमार्फत् सरकारले शुक्रबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल गर्न डाकिएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री बिद्या भट्टराईको राजीनामावारे स्पष्टीकरण दिनुभएको थियो।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै राजीनामा दिन बाध्य पारिएकी शिक्षामन्त्रीको अवस्था र सार्वजनिक मञ्चमा अध्यक्षले पार्टी नेता तथा पदाधिकारीको खोइरो खन्ने गरेकोबारे कुरा उठाएपछि प्रधानमन्त्रीले स्पस्टिकरण दिनुभएको स्रोतको दावी छ । शाक्यले केही दिनअघि मन्त्री भट्टराई प्रधानमन्त्रीको रवैया र प्रवृत्तिका कारण राजीनामा दिन बाध्य भएको बताएको सन्दर्भमा अध्यक्ष ओलीको प्रष्टीकरण आएको हो ।
‘सार्वजनिक मञ्चमा अध्यक्षले पार्टी पदाधिकारी,वरिष्ठ नेताहरुको खोइरो खन्न भएन । जे भन्नु छ,बैठकमा भन्नुपर्यो । बाहिर टिप्पणी गर्नु राम्रो भएन ।’
अध्यक्षले बैठकमा राख्नुभएको धारणा उद्धृत गर्दै स्रोतले भन्योे, ‘बाहिर आएका सबै हल्ला हुन् । मन्त्रीले नै चलाउन सक्दिन जस्तो छ,मलाई सांसदको भूमिका मात्रै ठीक हुने रहेछ भन्न आइन् । संसद र सांसदभन्दा बढी आफूले काम गर्न नसक्ने भन्दै राजीनामा दिइन् । मैले राजीनामा मागेकै हैन । शिक्षकहरुको आन्दोलन टुङ्ग्याउन मन्त्री तल्लिन थिइन् तर पहिले उनको आग्रह नमानेका आन्दोलनकारी शिक्षकहरु पछि फेरि त्यही कुरो मान्ने ठाउँमा आइपुगे ।’
अष्टले विद्यालाई राम्रो मान्छे भन्दै काम गर्ने वातावरण नभएको कुरो उठाएकी थिइन् । अध्यक्षले सबैसँग छलफल गर्नुपर्नेमा शाक्यले जोड दिँदै भनिन्, ‘सार्वजनिक मञ्चमा अध्यक्षले पार्टी पदाधिकारी,वरिष्ठ नेताहरुको खोइरो खन्न भएन । जे भन्नु छ,बैठकमा भन्नुपर्यो । बाहिर टिप्पणी गर्नु राम्रो भएन ।’
यता नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनामाथि भएको अनुशासनको कारबाही अर्को बैठकले फुकुवा गर्ने तयारी भएको बुझिएको छ । स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सिनामाथि कारबाही गरिएको भनियो । तर पत्र नदिए पनि तोकिएको छ महिनाको म्याद सकिइसकेको छ ।
टिप्पणीहरू