पोखरामा विद्युतीय माइक्रोबस दुर्घटना, तीन जनाको मृत्यु
पोखरा–३२ को लामेआहालमा भएको विद्युतीय माइक्रोबस दुर्घटनाान तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
घाइते सबैको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण माइक्रोबस झण्डै ४० मीटर तल खसेको छ ।
टिप्पणीहरू