इलेक्ट्रिक माइक्रोबस चोरीमा स्याङ्जाका सुदीप पक्राउ

काठमाडौँमा चोरिएको माइक्रोबस धादिङमा फेला परेको छ । वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरिएको प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेटाएको हो ।
स्याङ्जाको बिरुवा गाउँपालिका १ का १९ वर्षीय सुदीप थापाले चोेरेर माइक्रोबस धादिङ पुर्याएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले माइक्रोबस चोरलाई हिजो सार्वजनिक गरेको हो ।
थापाले गत सोमबार बिहान साढे ४ बजेको समयमा माइक्रोबस चोरेपछि गुडाउँदै धादिङ पुर्याएका थिए ।
टिप्पणीहरू