दुर्घटनापछि चोरीको मोटरसाइकल प्रमाणित, चालकसहित दुई जना पक्राउ

राजधानीको छाउनीमा अस्ति बिहान भएको सवारी दुर्घटनापछि एउटा मोटरसाइकल चोरीपछि अर्कैले हाँकेको पत्ता लागेको छ । कविर पुजारी देउलाले हाँकेको बा.४५ प ६४४४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेपछि त्यसको रहस्य खुलेको बताइन्छ ।
देउलाले बागमती प्रदेश ०२–००४ प ९४७२ नम्बरको मोटरसाइकल पकनाजोलबाट चोरेपछि नम्बरप्लेट परिवर्तन गरेका थिए । फेरिएको नम्बर प्लेट बा ४५ प ६४४४ को मोटरसाइकलको च्यासिस र पहिलेको नम्बरप्लेटको च्यासिस नम्बर एउटै पाइएको छ ।
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा काठमाडौं ढल्कुका २१ वर्षे कविर र ठहिँटीका २४ वर्षे दिनेश मानन्धरलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
टिप्पणीहरू