‘हट क्वीन’ भोलि आउँदै, डान्सरहरु आजै

‘हट क्वीन’ भोलि आउँदै, डान्सरहरु आजै

बलिउड अभिनेत्री तथा मोडल नोरा फतेहीको २२ सदस्यीय टोली काठमाडौँ आइपुगेको छ । भोलि दिउँसो हायात ग्राउण्डमा आयोजना गर्न लागिएको ‘नोरा फतेही इन् नेपाल’ कन्सर्टका लागि फेशन डिजाइनर र ब्याक डान्सरसहितको टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ । नोरा भने भोलि बिहान आइपुग्ने कार्यक्रम छ ।

वल्र्डवाइड फिल्म नेटवर्क प्रालिले आयोजना गरेको उक्त कन्सर्टमा नोराले आफ्ना चर्चित गीतहरुमा नृत्य प्रस्तुत गर्दैछिन् । दर्जनौं चलचित्र र सयौँ म्युजिक भिडियोमा काम गरेकी उनी बलिउडकी सर्वाधिक डिमाण्डेड डान्सर हुन् । दर्शकमाझ ‘हट क्वीन’ भनेर चिनिने उनलाई सवा एक करोड पारिश्रमिकमा नेपाल ल्याउन लागिएको चर्चा छ । यद्यपि, पारिश्रमिकबारे आयोजकले हालसम्म केही खुलाएको छैन । 

कन्सर्टमा नोरासँगै नेपाली गायक दुर्गेश थापाले पनि प्रस्तुती दिँदैछन् । पछिल्लो समय उनको ‘हट भएर’ गीत चर्चामा छ । त्यस्तै, नेपाली डान्सरहरु तेरिया मगर, समर्पण लामालगायतले पनि प्रस्तुती दिँदै छन् ।

टिप्पणीहरू