बालेनको गीत गायब !

बालेनको गीत गायब !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको युटुब च्यानलबाट एउटा गीत अचानक गायब भएको छ । एक महिनाअघि (कात्तिक २९)गते ‘बालेन’ च्यानलबाट सार्वजनिक गरिएको ‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा समाविष्ट ‘फसायो लमी’ले बोलको गीत हटाइएको हो । 

उक्त गीत हिजो मात्र ‘ओएसआर डिजिटल’को युटुब च्यानलबाट पुनःसार्वजनिक गरिएको देखिन्छ । यसरी एक महिनाअघि बालेनको च्यानलबाट सार्वजनिक भएको गीत अचानक किन डिलिट गरियो ? वा किन फरक च्यानलबाट पुनः सार्वजनिक गरिएकाे होला ? जिज्ञासा पैदा भइरहेको बेला जानकार स्रोत भन्छ, ‘लगानी कसैले थाहा नपाउँन् भनेर हो ।’

बताइएअनुसार ‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा बालेनपत्नी सविना काफ्लेको समेत लगानी छ । चलचित्रको शुभमूर्हतमा बालेन दम्पत्ति नै पुगेका थिए । भद्रगोल फेम्ड अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेको उक्त चलचित्रको गीत हिट गराउन एक महिनाअघि बालेनको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको स्रोतको दावी छ । तर गीतले राम्रो भ्युज नपाएपछि र चलचित्रको लगानीसँग कुनै सम्बन्ध नरहेको देखाउन बालेन र निर्माण टिम ‘ओएसआर डिजिटल’को च्यानलबाट पुनःसार्वजनिक गर्न सहमत भएको बताइएको छ । 

सोही स्रोत भन्छ, ‘चलचित्रमा तीन करोडभन्दा बढी लगानी भएको छ, त्यसमा आधा सविना काफ्लेको लगानी हो, भोलि चलचित्र डुब्यो भने खिसिट्युरीको सम्भावना हुने भएपछि अहिले नै अलग भएको जस्तो गरेका हुन् ।

टिप्पणीहरू