सुपा देउरालीको महिमा गुञ्जिने भजन

सुपा देउरालीको महिमा गुञ्जिने भजन

अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिरको महिमा गुञ्जिने भजन ‘जय जय भगवती सुपा देउरालीकी माई’ सार्वजनिक भएको छ । लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनय रहेको उक्त गीतले देउराली मन्दिरको पर्यटकीय प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

भजनका शब्द खनाल र शेषनारायण पोखरेलको छ भने संगीत संयोजन पनि स्वयं खनाल र धर्मेन्द्र अर्यालले गरेका छन् । खनालसँगै शेषनारायण पोखरेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मञ्जु गुरुङको स्वर पनि भजनमा सुन्न सकिन्छ । उक्त भजनलाई निर्देशन चर्चित भिडियो निर्देशक सुरज खनालले गरेका छन् भने कोरियोग्राफी शिवजी क्षेत्रीको रहेको छ ।

भिडियोमा चर्चित कलाकार सुरवीर पण्डित (दारी बा), शर्मिला शर्मा र अनिसा खड्काले अभिनय गरेका छन् । साथमा छबिलाल सुवेदी, नारायण लेकाली, नन्दराज रेग्मी, लेखान्त भुषाल, सुमन खनाल, गान्दिभ सुवेदी, घनश्याम खनाल, चन्द्रकला खनाल, गिरी खनाल, चोपलाल खनाल, रामप्रसाद खनाल, शान्ता खनाललगायत दर्जनौँ कलाकारको अभिनय छ ।

भजनको छायांकन विशाल परियार, शृङ्गार जीवन पासा भिडियोको सम्पादन विनोद बम, एरेन्ज विश्वास नेपाल, रेकर्डिङ सागर बाजुराली तथा मिक्सिङ खडक बाजुरालिले गरेका छन् । अडियो निर्माण कार्य मालाश्री स्टुडियोमा गरिएको हो । 

सुपा देउराली मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि अत्यन्तै पवित्रस्थल हो । यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । देश तथा विदेशमा चर्चित यस मन्दिरको पहिलो आधिकारिक भजनका रुपमा यो एल्बम सार्वजनिक भएको जनाइएको छ ।

निर्माताहरूका अनुसार भजनले धार्मिक चेतना फैलाउने मात्र नभई सांस्कृतिक जागरण र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ । गीतको लय, शब्द, स्वर र दृश्य संयोजनले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

 

टिप्पणीहरू