ठमेलमा अफिम, बालाजुमा गाँजा

ठमेलमा अफिम, बालाजुमा गाँजा

प्रहरीले काठमाडौंको ठमेलबाट अफिम र नुवाकोटको ककनी नजिकैबाट गाँजा बरामद गरेको छ । ठमेल र पकनाजोलको बीचमा १ किलो ६० ग्राम अफिमसहित रोल्पाका दुई जना पक्राउ परेका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सुनिल स्मृति गाउँपालिका ५ का ४५ वर्षे रुद्रबहादुर थापा र ३६ वर्षे राकेश परियार हुन् ।

आजै नुवाकोटको ककनी गाउँपालिका–१, ओखरपौवाबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रकमा गाँजा फेला परेको छ । बागमती प्रदेश ०१–००६ ख ४५७१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चार किलोग्राम गाँजासहित सोही गाउँपालिका–४ हिलेखर्ककी ५५ वर्षीया कान्छीमाया तामाङ र ३९ वर्षीया सुनिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

टिप्पणीहरू