सेलिब्रेटीहरुमा हिमाल चढ्ने लहर
पछिल्लो समय नेपाली चलचित्रका सेलिब्रेटीहरुको हिमाल चढ्ने गर्ने लहर चलेको छ । सामान्यतया साहसिक पर्यटकले रुचाउने हिमाल आरोहणमा महिला कलाकारहरुले बढी रुचि राखेको देखिन्छ ।
अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले दुई दिनमा दुई हिमाल आरोहण गरेकी छन् । उनले आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेकी हुन् ।
यससँगै उनी छोटो समयमै आठ हजार मिटरभन्दा अग्ला दुई हिमाल आरोहण गर्ने पहिलो नेपाली कलाकारसमेत बनेकी छन् । यसअघि अभिनेत्रीहरु दिया पुन र छिरिङ शेर्पाले सगरमाथाको आरोहण गरिसकेका छन् ।
उता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि सगरमाथा आरोहणको तयारीमा छन् । अहिले उनले आरोहणको प्रशिक्षण लिइरहेको बुझिएको छ ।
टिप्पणीहरू