१५ गतेका लागि एमालेको व्यापक तयारी, मान्छे जुटाउन नेताहरुलाई जिम्मेवारी

१५ गतेका लागि एमालेको व्यापक तयारी, मान्छे जुटाउन नेताहरुलाई जिम्मेवारी

नेकपा एमालेले जेठ १५ गते राजधानीमा गर्न लागेको प्रदर्शनमा व्यापक उपस्थितिका लागि तयारी गरेको छ । गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजना गर्न लागिएको प्रदर्शनमा पार्टी कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थितिको व्यवस्था मिलाउन च्यासलमा डाकिएको भेलामा नेताहरुलाई जिम्मेवारी दिइएको जानकारी गराइएको छ ।

जनसंगठनका अध्यक्ष, इञ्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको भेलामा प्रदर्शन तयारीको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।  

जनसंगठनहरुको संयोजन सचिव गोकर्ण विष्टले, सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्टले, बागमती प्रदेशका जिल्लाको उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी र गण्डकीका जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ ।

त्यस्तै कोशी प्रदेशका जिल्लाको समन्वय उपाध्यक्ष रामबहादुर थापा, मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय उपाध्यक्ष युवराज ज्ञवालीले गर्ने भनिएको छ । ललितपुरको समन्वय गर्ने जिम्मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र भक्तपुरको गुरु बराललाई दिइएको छ ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उपत्यका बाहेक बागमतीका १० जिल्लाको समन्वय, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई स्वयमसेवकको जिम्मेवारी र उपत्यका विशेषको संयोजन जिम्मेवारी सचिव योगेश भट्टराईलाई दिइएको छ । पार्टी विभागको संयोजन सचिव छविलाल विश्कर्माले गर्ने भनिएको छ ।

टिप्पणीहरू