काठमाडौंमा बालेन एक्लिँदै, रास्वपासहित सबै एकजुट

काठमाडौंमा बालेन एक्लिँदै, रास्वपासहित सबै एकजुट

काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध जनप्रतिनिधिहरुले सामुहिक हस्ताक्षर गरेका छन् । कार्यपालिकाको बैठक ६ महिनादेखि नडाकेपछि ४१ जनाले हस्ताक्षर गर्दै बैठक बोलाउन माग गरेका छन् । 

गत पुस १४ गतेपछि कार्यपालिकाको बैठक बसेको छैन । चैत १० गते २३ जना नगर कार्यपालिका सदस्यहरुबाट बैठक माग गरिएको थियो । तर, हालसम्म पनि बैठक नबोलाएको भन्दै सात दिनको म्याद आज उनीहरुले मेयरलाई दिएका छन् । 

बैठक माग गर्नेहरुमा उपमेयर सुनिता डंगोलसहित वडाध्यक्षहरु छन् । १६ नम्बरकी वडाध्यक्ष रास्वपाकी रोजिना श्रेष्ठले समेत ४० नम्बरमा हस्ताक्षर गरेकी छन् । कार्यपालिका सदस्यहरुले पनि संयुक्त हस्ताक्षरमार्फत् कार्यपालिका बैठकको माग गरेका छन् ।

टिप्पणीहरू