मुलुकको सुरक्षा अवस्थाबारे सिंहदरबारमा दिनहुँ छलफल
मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे आज पनि छलफल गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरक्षा निकायका प्रमुखहरुसँग पछिल्लो जानकारी लिनुभएको छ ।
आगामी बिहीबार गणतन्त्र दिवसको उपलक्ष्यमा एमालेले आयोजना गर्ने प्रदर्शन र राजावादीहरुले घोषणा गरेको विरोध कार्यक्रममा भिडन्त हुनसक्ने आकलन गरिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यकर्तालाई त्यो दिन राजधानी कब्जा गर्न निर्देशन दिनुभएको खबर बाहिरिएपछि सुरक्षा निकायहरुले सुरक्षा सतर्कता बढाएका छन्।
मध्यान्ह १२ बजे पछिको बैठकमा गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी महानिरीक्षक दिपक थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, सशस्त्रका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललगायत झण्डै एक दर्जनको उपस्थिति रहेको बताइन्छ ।
हिजो पनि मुख्यसचिव एकनारायण अर्यालको कार्यकक्षमा बसेको बैठकमा समग्र सुरक्षा अवस्थाबारे छलफल गरिएको थियो । हिजोको बैठकमा पनि गृहसचिव गोकर्णमणि दुवाडीलगायत सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले ब्रिफिङ गरेका थिए ।
टिप्पणीहरू