प्रधानमन्त्रीकाे गृह नगरमा रंगशाला बनाइने

प्रधानमन्त्रीकाे गृह नगरमा रंगशाला बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा अन्तराष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण हुने भएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२/०८३ को वार्षिक आय-व्ययको विवरण प्रस्तुत गर्दै दमकमा आधुनिक र प्रविधिमैत्री रंगशाला निर्माणको लागि रकम विनियोजन गरिएको जानकारी गराउनुभएको हो । 

अर्थमन्त्री पौडेलले काठमाडौँको मूलपानी, कैलाली, रुपन्देही र मोरङमा निर्माणधीन रंगशालाको लागि ४२ करोड विनियोज गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतीको लागि  ४० करोड छुट्याईएको छ ।

टिप्पणीहरू