राजावादी प्रदर्शनले सर्वसाधारणलाई सास्ती

राजावादी प्रदर्शनले सर्वसाधारणलाई सास्ती

राजसंस्था पुनर्स्थापनाको मागसहित भएको राजावादी प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सवारी आवागमन प्रभावित भएको छ । जसका कारण सर्वसाधारणले सास्ती खेपेका छन् । 

हिजोदेखि अनिश्चितकालीन आन्दोलना होमिएका राजावादीहरुले आज पनि सडकमा भिड उतारेपछि नयाँ बानेश्वर, माइतीघर, सुन्धारा, रत्नपार्क क्षेत्र अस्तव्यस्त हुन पुग्यो । जसका कारण प्रहरीले सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको छ । 

मध्याह्न १२ बजेका लागि तोकिएको प्रदर्शन केही ढिला गरी शुरु भएको थियो, जहाँ करिब १५ सयको संख्यामा राजावादी कार्यकर्ता सहभागी रहेको बताइएको छ । 

प्रदर्शनको अग्रभागमा 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लाजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत छन् । राजसंस्था पुनर्स्थापना नहुँदासम्म आन्दोलन नराक्ने उनीहरुको दाबी छ ।

टिप्पणीहरू