राप्रपाको आन्दोलनमा ४ घाइते, ७ जना पक्राउ

राप्रपाको आन्दोलनमा ४ घाइते, ७ जना पक्राउ

गणतन्त्र उल्ट्याएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन सडकमा ओर्लिएका राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापा समातिएका छन् ।

राजावादी आन्दोलनको तेस्रो दिन आज नक्सालस्थित नारायणचौरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि थापासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

आज अपराह्न थापाको अगुवाइमा प्रदर्शनकारीको एउटा समूह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराऊ गर्न निस्किएको थियो । तर,प्रहरीले रोकेपछि केहीबेर झडपसमेत भयो ।

झडपमा परी चार जना घाइते भएको र उनीहरुको नारायणचौरस्थित अस्पतालमा उपचार भैरहेको बताइएको छ ।  

पक्राउ परेका ५ जना महिला प्रदर्शनकारीलाई जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । २०६२-०६३ ताका गृहमन्त्रीको हैसियतमा सत्तामा बसेर आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिने थापा समातिएको विरोधमा राजावादीहरूले आन्दोलन चर्काउने घोषणा गरेका छन् ।


 

टिप्पणीहरू