आन्दोलनबाट फर्किएका राजावादी र प्रहरीबीच बाटोमा भनाभन

आन्दोलनबाट फर्किएका राजावादी र प्रहरीबीच बाटोमा भनाभन

कमल थापाहरु समातिएपछि घर फर्किंदै गरेका राजावादी कार्यकर्ता र प्रहरीबीच भनाभन भएको छ । 

आज तेस्रो दिनको प्रदर्शन समापनपछि नारायण चौरबाट नागपोखरीतर्फ जाँदै गर्दा राष्ट्रिय झण्डाको विषयलाई लिएर आन्दोलनकारी वादविवादमा उत्रिएका हुन् । प्रहरीले झण्डा लिएर निषेधित क्षेत्रमा प्रवेश गर्न नमिल्ने भन्दै रोकेपछि विवाद शुरु भएको थियो । 

झन्डै दुई दर्जनको संख्यामा रहेका उनीहरुले आक्रोशित हुँदै बाटो छोड्न आग्रह गरेपनि प्रहरीले मानेन । करिब १५ मिनेट त्यहि कुरालाई लिएर गलफती चल्यो । अन्तिममा सम्झाइबुझाइ गरेर झण्डा खल्तिमा राख्ने शर्तमा बाटो खुलाइदिएपछि राजावादीहरु घरतिर लागेका थिए ।

टिप्पणीहरू