राजावादीहरुलाई जवाफ दिँदै काँग्रेस

राजावादीहरुलाई जवाफ दिँदै काँग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा जनसभा गर्ने भएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले राजावादीहरुलाई उपयुक्त जवाफ दिन सभा आयोजना गर्ने निर्णय गरिएको छ ।

सभाको मिति र स्थान भने केही दिनमा घोषणा हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवाले राजावादीहरु गम्भीर ढंगले अघि बढेको भन्दै चासो व्यक्त गरेको बताइन्छ । ‘हिजो संवैधानिक राजा मान्दा पटकपटक धोका भयो, अब फेरि कांग्रेस धोका खाने पक्षमा छैन’, छलफलको निष्कर्ष सुनाउँदै भने, ‘धर्म र संस्कृति संरक्षण गर्ने कुरा संविधानमा पनि लेखिएको छ, त्यो विषयमा छलफल गर्न सकिन्छ ।’

पूर्व अर्थमन्त्री महतले कोही संविधानविपरित अघि बढ्दा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । ‘यो कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैं निर्माण गरेको हो, संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो, यसमा सम्बन्धित पक्षले गम्भीरताका साथ लिनुपर्छ’, उनको निश्कर्ष छ ।

टिप्पणीहरू