एमाले प्रचार विभाग सदस्यद्वारा सबै जिम्मेवारीबाट अलगको घोषणा
नेकपा एमालेको केन्द्रीय प्रचार विभाग सदस्य इन्द्रप्रसाद आचार्यले राजीनामा दिएका छन् । उनले आजैको मितिदेखि लागु हुनेगरी राजीनामा घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजबाट म कुनैपनि पार्टी वा संगठनमा नरहेको घोषणा गर्दछु । ४५ लाख फलोअर्स रहेको सञ्चार प्रतिष्ठानको नेतृत्व गर्दै जनतामा समर्पित हुने प्रतिबद्वता व्यक्त गर्दछु ।’
उनले राजीनामा दिएको घोषणापछि सामाजिक सञ्जालमा दुई किसिमका प्रतिक्रिया जनाइएको छ । एकथरीले राजीनामालाई ‘राम्रो’ भनेका छन् भने अर्काथरीले ‘तत्काल त्यस्तो निर्णय नलिन’ आशयको टिप्पणी गरेका छन् । तर, राजीनामा दिएकोमा राम्रो भन्नेहरु धेरै देखिन्छन् ।
टिप्पणीहरू