भर्खरकी सेलिब्रेटीको बर्थडे केक काटेपछि हत्या

भर्खरकी सेलिब्रेटीको बर्थडे केक काटेपछि हत्या

पाकिस्तानी टिकटकर सना युसुफको गएराती हत्या भएको छ । चित्राल जिल्लाकी उनी इस्लामावादको कोठामै मृत भेटिएकी हुन् । उनी परिवारका सदस्यहरुसँगै राजधानीमा बस्दै आएकी थिइन् ।

सनाको शरीरमा गोली लागेको र एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको इस्लामबाद सेक्टर जि–१३ प्रहरी कार्यालयले जनाएको छ । उनकी आमाका अनुसार सनाले हिजो मात्रै जन्मदिनको अवसरमा केक काटेकी थिइन् । त्यसको केही समयपछि एक अज्ञात व्यक्ति घरभित्र छिरेको स्थानीय सञ्चारमाध्यम ‘पाकिस्तान टुडे’मा उल्लेख छ । 

उमेरले १७ वर्ष मात्र पुगेकी सना पाकिस्तानकी प्रभावशाली टिकटिकरको रुपमा परिचित थिइन् । उनको टिकटकमा नौ लाखभन्दा बढी फ्लोअर छन् । पछिल्लो पटक जन्मदिन मनाएको भिडियो अपलोड गरेको देखिन्छ । भिडियोमा दुई लाख लाइक र ७० लाखभन्दा बढी भ्युज गएको छ । सनाले महिला अधिकार, स्थानीय भेषभुषा तथा संस्कृति, रैथाने परिकार र विभिन्न मनोरञ्जनात्मक कन्टेन्टमा भिडियो बनाउदै आएकी थिइन् ।
 

टिप्पणीहरू