अमेरिकी राजदूत अर्थ मन्त्रालयमा, उरुग्वेका ऊर्जामा

अमेरिकी राजदूत अर्थ मन्त्रालयमा, उरुग्वेका ऊर्जामा फाइल फोटो

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । राजदूत थम्पसनले मन्त्री पौडेलसँग बिहान साढे ९ बजेदेखि झण्डै ४५ मीनेट छलफल गरेको बताइएको छ । कुराकानीको विस्तृत विवरण खुलाइएको छैन ।

आजै नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बट्रोए गुआनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँग भेट गरेका छन् । मन्त्री खड्कासँग दिउँसो साढे १ बजे मन्त्रालय पुगेका राजदूत करिब आधा घण्टामा बाहिरिएका हुन् । उक्त भेटवार्तामा भएको विषयबारे पनि जानकारी दिइएको छैन ।

टिप्पणीहरू