बैंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

रोयल च्यालेन्जर्स बैंगलुरुले१८ औं संस्करणको इन्डियन प्रिमियर लिग९आईपीएल०को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा पञ्जाव किंग्सलाई ६ रनले हराउँदै बैंगलुरुले पहिलोपटक आईपीएलको उपाधि उचालेको हो ।
जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनमात्र बनाउन सक्यो । पञ्जावको लागि शशांक सिंहले सर्वाधिक ६१ रन बनाएपनि जितको लागि पर्याप्त रहेन । उनले ३० ओभरमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै जोश इंग्लिसले ३९, प्रभ्सिम्रन सिंहले २६ रप्रियांश आर्याले २४, नाहेल वाधेराले १५ रन बनाए ।
बैंगलुरुको लागि कुर्नाल पान्ड्य र भुवनेश्वर कुमारले समान दुईरदुईविकेट लिंदा याश दयाल, जोश हज्लेवुड र रोमारियो शेफार्डले एकरएकविकेट लिए ।
यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । बैंगलुरुकोलागिविराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान रजत पतिडरले २६,लियम लिभिङस्टोनले २५ तथा मायाँक अग्रवाल र जितेश शर्माले२४र२४ रन बनाए । यस्तै रोमारियो शेफार्डले १७ र फिल साल्टले १६ रनको योगदान गरे ।
पञ्जावको लागि अर्श्दीप् सिंहर कल जेमिसनले तीनरतीनविकेट लिँदा अज्मातुल्लाह ओमारजाइ, विजयकुमार वैशांक र युज्वेन्द्र चहालले समान एकरएकविकेट लिए ।
टिप्पणीहरू