विश्वकप लिग २ मा नेपालको लगातार दोस्रो जित

विश्वकप लिग २ मा नेपालको लगातार दोस्रो जित

आइसिसी विश्वकप लिग(२ अन्तर्गत भएको खेलमा नेपाल विजयी भएको छ । गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराउँदै नेपालले सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

जितको लागि २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले४७।१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपाललाई जित दिलाउन आरिफ शेखले अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा नट आउट ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रन बनाउँदै पभिलियन फर्किँदा अर्का ओपनर आसिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान गरे ।

नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक÷एक विकेट लिए । 

यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले४९।१ ओभरमा अलआउट हुँदै २ सय २५ रन बनाएकोथियो। नेदरल्यान्ड्सका लागि नोह क्रोएस ४६, कप्तानस्कट एडवार्ड ४६, विक्रमजित सिंह  ३८, जाच लियोन(काचेट २७, र रोलोफ भान डेर मेर्वे २१ र तेजा निडामानुरु १३ रनको योगदान गरे ।

नेपालको लागि सोमपाल कामीले तीन विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुईरदुई विकेटलिए ।

जितसँगै  नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा रहेको छ । पराजित  नेदरल्यान्डस २१ खेलमा २६ अङ्कसहित अङ्क तालिकाको  दोस्रो स्थानमा यथावत छ ।

टिप्पणीहरू