अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र हङकङको बराबरी

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र हङकङले बराबरी खेलेका छन् । बिहीबार बेलुकी सम्पन्न खेलमा नेपाल र हङकङले गोलरहित बराबरी खेलेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा हङकङले नेपाललाई लगातार दबाबमा राखेपनि नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नायक बन्दा गोल गर्न असफल भएको हो ।
दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा मणि कुमार लामाले रातो कार्ड पाएपछि नेपालले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
नेपालले एएफसी एसियन कप छनोटको तयारीस्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि २५ मार्चमा भएको खेलमापनि नेपाल मलेसियासँग २-० गोलले पराजित भएको थियो । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ ।
नेपालले १० जुनमा लाओससँग खेल्दै छनोटको शुरुवात गर्नेछ ।
टिप्पणीहरू