सेनाकै अस्पतालमा काल

६–७ वर्षदेखि मिर्गाैला रोगी भएर वीरेन्द्र अस्पताल छाउनीमा उपचार गराइरहेको छु । अस्पतालले दिएको औषधिसेवन गर्दै आइरहेकोमा चैतमा उपचार गर्ने सिलिङ रकम सिद्धियो । बाहिर औषधि किन्दा त्यतैका डाक्टरबाट जचाउँदा आवश्यकताभन्दा बढी महँगा औषधी लेखेको पाइयो । यसरी नचाहिँदो औषधी जबर्जस्ती सेवन गराउँदा ज्यान तल–माथि हुने र २४ वर्षे सेवा अवधिबाट कमाएको स्वास्थ्यसम्बन्धी एक लाख २० हजार रूपैयाँको सीमा पनि नाघ्न जाने देखिएको हुँदा निराश भएँ ।
मलाई दिएको कुडो फोर भन्ने औषधि त समितिबाट पाससमेत नभएको पाइयो । ओपिडीमा गएर डाक्टरलाई किन यो औषधि लेखेको भन्दा हामीले नलेखे त जंगी अड्डामा बस्ने हाकिमले यहाँ टिकिखानै दिनुहुन्न, भन्ने कुरा सुन्नमा आयो । तसर्थ यथार्थ के हो बुझी नचाहिँदो औषधि लेखेर सिलिङ कटाइदिने तथा स्वास्थ्यमा समेत असर परी मिर्गाैलाका बिरामीलाई शोषण गर्ने घटनाको छानबिन गरियोस् ।
गत सालभन्दा यस वर्ष धेरै कमसल औषधि महँगो दरमा किनेर वितरण भएको पनि देखिएको छ । यसमा पनि ध्यानकेन्द्रित गरिदिनुहुन प्रधानसेनापतिसमक्ष हार्दिक अनुरोध गर्दछु ।
– पीडित जम्दार
टिप्पणीहरू