प्रहरी हेडक्वार्टरमा ट्रयाकसुट र जुत्ताको उर्दी

प्रहरी हेडक्वार्टरमा ट्रयाकसुट र जुत्ताको उर्दी फाइल फाेटाे

काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा ‘योग विज्ञान शिविर’ सञ्चालन गरिने भएको छ ।

एघारौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आउँदो बिहिबार शिविर सञ्चालन गर्न लागिएको हो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता रहनेगरी अडिटोरियम हलमा आयोजना हुन भइरहेको शिविरमा सहभागी हुने सम्पूर्ण प्रहरी कर्मचारीका निम्ति उर्दी जारी गरिएको छ । 

निर्देशनमा प्रहरी प्रधान परिसरभित्रका सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा उपत्यकास्थित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र सोभन्दा माथिका प्रहरी अधिकृतहरुलाई तोकिएको ट्रयाकसुट र जुत्तामा उपस्थित हुन भनिएको छ । 

बिहान ६ बजेदेखि शुरु हुने शिविरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ५ बजेर ५० मिनेट, नायब महानिरीक्षक (डिआईजी) र वरिष्ठ उपरीक्षक (एसएसपी) पौने ६ बजे, प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी) ५ बजेर ४० मिनेट, निरीक्षक (इन्स्पेक्टर) ५ बजेर ३५ मिनेट र अन्य दर्जाका प्रहरी ५ बजेर २० मिनेटमा उपस्थित भइसक्नुपर्ने छ ।


 

टिप्पणीहरू