तीन दर्जन जिल्लामा बाढीको जोखिम, डेढ दर्जनमा ‘एल्लो वारेन्ट’

तीन दर्जन जिल्लामा बाढीको जोखिम, डेढ दर्जनमा ‘एल्लो वारेन्ट’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा बाढीको सम्भावना देखाएको छ ।

काठमाडौं उपत्यकासहित ३७ जिल्लाका नदी तथा तटीय क्षेत्रमा आज बाढी आउनसक्ने महाशाखाले जानकारी दिएको हो । 

ती क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको जनाउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले १८ वटा जिल्लामा ‘एल्लो वारेन्ट’ समेत जारी गरेको छ । जसमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपुर पूर्व, पाल्पा र रुपन्देही रहेका छन् । 

यस्तै, पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, काभ्रे, मकवानपुर, काठमाडौं, नवलपुर पश्चिम, अर्घाखाँची, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ । 

‘एल्लो वारेन्ट’ ले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहने संकेत गर्दछ । महाशाखाका अनुसार आगामी तीन दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीसँगै पूर्वी र पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह घटबढ भइरहनेछ । 

ती नदीका तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

टिप्पणीहरू