विष्णुदेवी मन्दिरमा ‘ग्याङ फाइट’, दुई जना सिकिस्त
सांकेतिक तस्विर (AI)
ललितपुरमा युवाहरुको दुई समूहबीच ग्याङ फाइट भएको छ ।
ललितपुर महानगरपालिका-४ स्थित विष्णुदेवी मन्दिर परिसरमा आज दुई पक्ष आक्रमणमा उत्रिएको हो ।
झडपमा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा धोविघाट बस्ने रञ्जित मगर र विष्णुदेवी बस्ने खगेन्द्र बयक हुन् । कैँची प्रहारबाट मगरको पेटमा र बयकको नाकमा चोट लागेको बताइएको छ । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ भने केही फरार छन् । पहिलेदेखि नै विवाद र झैझगडा गर्दै आएका यिनीहरुले हिजो पनि सोही ठाउँमा हानाहान गर्न खोजेका थिए । झडपमा संलग्न सबै लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।
टिप्पणीहरू