सुन्दरी छान्न आवेदन खुला

सुन्दरी छान्न आवेदन खुला

‘मिस नेपाल’ प्रतियोगिताको लागि आवेदन खुला भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले इच्छुक युवतीहरुलाई दरखास्त दिन आह्वान गरेको हो ।

प्रतियोगिताको लागि केही मापदण्ड पनि निर्धारण गरिएको छ । १७ देखि २७ वर्ष उमेर समूहका युवतीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगीको उचाई पाँच फिट ३ इन्च वा त्योभन्दा बढी हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मिति असार २६ गते तोकिएको छ । 

आगामी भदौ १४ गते आयोजना हुने ग्राण्ड फिनालेको लागि देशका विभिन्न शहरमा अडिसन हुने बताइएको छ । अडिसनबाट छनोट हुने युवतीहरुलाई आयोजकले प्रशिक्षण दिनेछ ।
 

टिप्पणीहरू