सरकारले विधेयक रोकेको भन्दै संसदीय समितिमा आक्रोश
नेकपा माओवादी केन्द्रले कानुन निर्माणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भन्दै असन्तुष्टि जनाएको छ ।
सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको बेवास्ता र गैरजिम्मेवारीका कारण कारण कानुन निर्माणमा ढिलाई भैरहेको गुनासो । संसदीय समितिको बैठकमा मन्त्रीहरुले छिटो विधेयक पास गर्नुपर्नेमा जोड दिने गरेको तर सरकारकै कारण ढिलाई भैरहेको उनको भनाइ छ ।
‘विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्रीज्यूले समितिमा आएर सधैँ भन्नुहुन्छ । तर सरकारकै कारणले गर्दा छिटो छिटो गएको छैन । यो विषयवस्तुलाई सरकारले गम्भीरताका साथ लिओस्’, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पाण्डेले भने ।
समितिका सभापतिहरुको भूमिका पनि यसमा पर्याप्त नभएको उनले बताए । सुशासन समितिका सभापतिले पनि विशेष चासो दिएर पहलकदमी लिन नसकेको पाण्डेको आरोप छ ।
‘हाम्रो सभापतिज्यू पनि चाहे त्यो अख्तियारको होस् वा निजामतिको कुरा होस्, सभापतिको तर्फबाट र समितिको नेतृत्वको तर्फबाट पनि पहलकदमी पुगेको छैन ।’
टिप्पणीहरू