पार्टीलाई प्रधानमन्त्रीको पच्चिस हजार

पार्टीलाई प्रधानमन्त्रीको पच्चिस हजार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी तिर्नुभएको छ ।

आज पार्टी कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर उहाँले लेबी बुझाउनुभएको हो । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री भएवापत मासिक २५ हजारको दरले एक वर्षको लेबी तिर्नुभएको बताइएको छ । जसअनुसार उहाँले तीन लाख तीन हजार बुझाउनुभयो । 

एमालेको विधानअनुसार नेता-कार्यकर्ताले प्रत्येक वर्ष सदस्यता नवीकरण शुल्क र लेबी बुझाउनुपर्ने हुन्छ । सार्वजनिक पदमा पुगेका नेताहरुको पदीय मर्यादाक्रम अनुसार छुट्टै लेबी तोकिएको छ ।
 

टिप्पणीहरू