निजी स्कुललाई गुठीमा लैजान छुट सुविधा दिने प्रस्ताव पारित

निजी स्कुललाई गुठीमा लैजान छुट सुविधा दिने प्रस्ताव पारित

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रस्ताव पास गरेको छ ।

भापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी 'निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी दफा ४' पारित भएको घोषणा गरे । त्यसअघि उनले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेको खण्डमा प्रोत्साहनस्वरूप विभिन्न छुट र सुविधा दिने प्रस्ताव बैठकमा पेश गरेका थिए ।

उक्त प्रस्तावमा छलफल गर्दै सांसदहरूले निजी विद्यालयलाई सेवामूलक, लोककल्याणकारी र गैर नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रलाई व्यावसायिक भन्दा पनि सेवामुखी बनाउन नीतिगत र कानुनी सुधारको आवश्यकता औल्याइएको छ ।

त्यस्तै, बाल विकास शिक्षाको विषयमा पनि समितिले सहमति जुटाएको छ । बाल विकासलाई आधारभूत शिक्षामा समेट्ने र सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा बढी सञ्चालन गर्न नपाउनेगरी प्रस्ताव पारित भएको बताइएको छ ।

टिप्पणीहरू