गृहमन्त्रीलाई चोख्याउन खोजिएको राप्रपाको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको आजको बैठकमा भिजिट भिसामा मुछिएका गृहमन्त्रीलाई सरकारले चोख्याउन खोजेको आरोप लगाएको छ । बैठक प्रारम्भ हुनासाथ राप्रपा सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सांसद रोशन कार्कीले बोल्दै प्रकरणमा गृहमन्त्रीलाई चोख्याउने उद्देश्यले छानबिन समिति बनाइएको आरोप लगाइन् । उनले भनिन्, ‘बैठक सुचारु हुन मन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछ ? गृहमन्त्रीज्यूसँग यसको जवाफ छ ?’
गृहमन्त्री निकै बाठो रहेको बताउँदै मन्त्री कार्कीले फुर्ति नलगाउन आग्रह गरिन् । भनिन् ‘एकदिन यस्तो समय आउनेछ, तपाईं पनि त्यो पल्लो छेउबाट वल्लो छेउमा आउनुहुन्छ । त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?,’ उनले छानबिन समितिलाई दुधको साक्षी बिरालोसँग दाँजेकी छन् ।
टिप्पणीहरू